काठमाडाैं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् । स्थायी कमिटीका बैठक लगत्तै बालुवाटार बोलाएर ओलीले राजीनामा मागेका हुन् ।
सचेतक गुरुङले पार्टीको निर्णय नभई किन राजीनामा दिने भन्दै प्रतिप्रश्न गरेका थिए । जवाफमा ओलीले आफूबिरुद्ध गतिबिधि गर्दै हिँडेकाले राजीनामा मागेको बताए । यस बिषयमा अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट देखिएका छन् ।
ओलीले फोनमार्फत दाहाललाई गुरुङलाई सचेतकबाट हटाउन लागेको जानकारी दिएपछि प्रचण्ड असन्तुष्ट बनेका बताईएको छ । यो बिषयमा सचेतक गुरुङले भने आफूले राजीनामा दिन आवश्यक नदेखेको बताएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com