राष्ट्रपति भण्डारीद्वारा संबैधानिक परिषद सम्वन्धि अध्यादेश जारी

३० मंसिर २०७७, मंगलवार १७:०४

काठमाडौ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ ।

एकजना उपस्थित नहुँदा गणपुरक संख्या नपुग्ने भएकोले अध्यादेशमार्फत सो व्यवस्था हटाएर उपस्थितमध्ये बहुमतका आधारमा निर्णय गरिने उल्लेख गरिएको हो।

अध्यादेशअनुसार संवैधानिक परिषद्का छ सदस्यमध्ये अध्यक्षसहित तीनजनाले मात्रै पनि संवैधानिक आयोगका पदाधिकारी नियुक्त गर्न सक्नेछन् । ऐनमा अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित भए मात्रै त्यसलाई गणपूरक संख्या मान्न सकिने प्रावधान रहेकामा सरकारले ल्याएको अध्यादेशमा अध्यक्षसहित तीन जना मात्रै उपस्थित भए पनि गणपूरक संख्या मान्न सकिने व्यवस्था गरिएको हो  ।

सत्तारुढ दल नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन । राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ११४ को उपधारा एक बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपतिले जारी गरेको जनाएको छ ।

आइतबार र मंगलबार बसेको संवैधानिक परिषदमा गणपुरक संख्या नपुगेपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका हुन । आईतवारको वैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा अनुपस्थित थिए । आज विहानको बैठकमा सभामुख सापकोटा सहभागी भएका थिएनन । विवादका विच अध्यादेश जारी गरेपछि सत्तारूढ नेकपाको विवाद झनै चुलिने देखिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.