कोरोना महामारीको दोस्रो लहर आउन सक्ने


काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक््रयाइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक््रयाइँ नगर्न विज्ञहरूको आग्रह छ ।

यद्यपि, संक्रमण जोखिमका बीच दैनिक रूपमा सभा, प्रदर्शन, आन्दोलन र जमघट गर्न थालिएको छ । अहिले अधिकांश नागरिकले कोरोनालाई ख्यालठट्टा मान्दै आएका छन् ।

सरकारले कोरोना परीक्षणको दायरा घटाउँदा संक्रमितको संख्या दैनिक रूपमा कम देखिन थालेको छ । जोखिम हुँदा हुँदै पनि सवारीसाधनमा यात्रुको चाँप बढ्दो छ । विभिन्न राजनीतिक दल र पेसागत समूहहरूले दैनिक भौतिक उपस्थितिसहितको कार्यक्रम गर्न थालेका छन् । यस्तै भौतिक उपस्थितिसहित जिल्ला जिल्लामा विद्यालयसमेत सञ्चालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड २०७७ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । मापदण्डमा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दूरी कायम गर्ने उल्लेख छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope