मानव विकास सूचाकाकंकमा नेपालको सुधार

१ पुष २०७७, बुधबार १४:४४

काठमाडौं पुस १, संयुक्त राष्ट्रसंघको राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले हरेक वर्ष गर्ने मानव विकास सूचकांकको अध्ययनमा  नेपाल १४७ औं स्थानबाट माथि उक्लिएर १४२ स्थानमा पुगेको छ ।

बुधबार सार्वजनीक भएको उक्त सूचकमा विश्वका १८९ देशको मानव विकास सूचकांकमा नेपाल अघिल्ला वर्षको तुलनामा माथि उक्लिएको हो ।

यूएनडीपीले दीर्घ, स्थास्थ्य जीवन र औसत आयुका आधारमा हरेक वर्ष मानव विकास सूचकांक सार्वजनिक गर्दै आएको छ ।  मानव विकास सूचकांकमा विश्वका १८९ मुलुकमध्ये नर्वे अघिल्लो वर्षजस्तै यो वर्षपनि पहिलो स्थानमा छ । दोस्रोमा आयरल्याण्ड,तेस्रो स्वीटजरल्याण्ड र हङकङ चौथोमा छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.