काठमाडौं । पार्टीका नेताहरुसँग गरेको सहमति विपरित प्रधानमन्त्री केपी ओलीले फेरि संवैधानिक परिषको बैठक बोलाउनुभएको छ ।
मंगलबार राष्ट्रपतिबाट जारी गराएको संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिन बुधबार नेकपाको स्थायी कमिटीमा गरेको सहमति प्रधानमन्त्री ओलीले लत्याइदिनुभएको हो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग राष्ट्रपतिबाट जारी गराएको अध्यादेश फिर्ता लिने सहमति गरेपछि बुधबारको स्थायी कमिटी बैठकले पनि उक्त सहमति अनुमोदन गरेको थियो ।
तर बिहीबार दिउँसोसम्म पनि राष्ट्रपति कार्यालयबाट अध्यादेश फिर्ताको सूचना आएको छैन भने त्यही संशोधित अध्यादेशकै आधारमा परिषदका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाउनुभएको छ ।
बैठकको सूचना विपक्षी दलका नेता शेरबहादुर देउवासहितका सदस्यहरुलाई पठाइएको बताइएको छ । बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको देउवानिकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बैठकको सूचना पठाए पनि तर कांग्रेस सभापति देउवा भने नजाने बुढानीलकण्ठ स्रोतले जनाएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । तर अहिले उपभामुख रिक्त छ ।
हाल राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अध्यक्षसहित विभिन्न संवैधानिक निकायहरुमा ४५ पद रिक्त रहेका छन् ।
सोही पदपूर्तिका लागि प्रधानमन्त्रीले परिषदको बैठक बोलाउनु भए पनि नेकपाभित्रको आन्तरिक झगडाको प्रभाव परिषद बैठकमै परेको छ ।
ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालपक्षको सहमति नबन्दा पछिल्ला दुई बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नै हुनुभएको छैन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com