थप ७७६ संक्रमित, ९४७ संक्रमणमुक्त, ६ जनाको मृत्यु


काठमाडौं, पुस २ । पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।

पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope