काठमाडौं, पुष २ । काठमाडौंमा आन्दोलनरत उखु किसानले आफ्नो सामानको बक्यौता रकम नपाएसम्म आन्दोलन नरोक्ने प्रष्ट जवाफ सरकारलाई दिएका छन् ।
दुई बुँदे बटमलाइन राख्दै वार्ताका लागि बोलाएको सरकारी पत्रको जवाफमा उनीहरुले भुक्तानी नपाउँदासम्म आन्दोलन नरोकिने बताएका हुन् ।
बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई पठाएको लिखित जवाफमा उखु किसानले भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने प्रतिवद्धता जनाएका हुन् ।
उनीहरुले राखेका दुई विकल्पमा सरकारी कोषबाट आफूहरुको रकम भुक्तानी गरिदिने वा उद्योगीले रकम नदिएसम्म आन्दोलन जारी राख्ने भन्ने रहेको छ ।
‘प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने त्यस कोषबाट किसानहरुलाई बाँकी बक्यौता रकम भुक्तानी गरियोस् र त्यो सम्पूर्ण रकम उद्योगीहरुबाट सरकारले ब्याजसहित असुल उपर गरी भुक्तानी गरियोस्,’ किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले लेखेको पत्रमा भनिएको छ ।
सरकारले नदिने हो मन्त्रालयले उद्योगीहरुबाट कुन मितिसम्म भुक्तानी गराउने हो, त्यो मितिसम्म सडकमै शान्तिपूर्ण आन्दोलन गर्ने भनिएको छ ।
विभिन्न उखु उद्योगबाट करिब ९० करोड रुपैयाँ बक्यौता नउठेपछि उखु किसान आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शनमा छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com