एजेन्सी । रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड प्राप्त गरेका छन् ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।
पोल्याण्डका अन्तराष्ट्रिय फरवार्डले गत सन् ४७ खेलमा ५५ गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले बुन्डेसलिगा सहित च्याम्पियनसिप र घरेलु कप समेत उचालेका थिए । तीनै प्रतियोगितामा लेवान्डोस्की सर्वाधिक गोलमा रहेका थिए ।
३२ वर्षिया फरवार्डले नयाँ सिजन समेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन् । उनले बुन्डेसलिगामा बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे, र बुन्डेसलिगामा २स य ५० गोलको कोशेढुङ्गा पार गरे । लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाईरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो ।
३२ वर्षिया फरवार्डले नयाँ सिजन समेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन् । उनले बुन्डेसलिगामा बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे, र बुन्डेसलिगामा २ स य ५० गोलको कोशेढुङ्गा पार गरे ।लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाईरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो ।
लकी ब्रोन्जले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन् । ब्रोन्ज यसै सिजन ईङ्ल्याण्ड र म्यान्चेष्टर सिटी फर्किएकी छिन् । उनले गत सिजन लियोनमा बिताएकी थिईन् । उनले गत सिजन लियोनबाट चार उपाधि जितेकी थिईन् । सिटीलाई उनले नयाँ उचाईमा च्याम्पियन्स लिगसम्म लैजाने अपेक्षा गरिएको छ ।
उनले लियोनकी सहकर्मी वेन्डी रेनार्ड र चेल्सीकी विश्व कीर्तिमानी मुल्यकी खेलाडी पेरनील हार्डरलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेकी हुन् । बिहिबारको राति बायर्नका लागि सुखद रह्यो । म्यानुअर नोयरले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । लिभरपुलका एलिसन र एट्लेटिको मड्रिडका जान ओब्लाकलाई पछि पार्दै उनले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । महिलातर्फ सोही उपाधि लियोनकी सारा बुहद्धीले प्राप्त गरिन् ।
लिभरपुलका योर्गेन क्लोपले वर्ष प्रशिक्षकको अवार्ड प्राप्त गरे । बायर्नका हान्सी फ्लिक र लिड्सका मार्सेलोलाई पछि पार्दै क्लोपले लगातार दोस्रो वर्ष सा अवार्ड प्राप्त गरेका हुन् । महिलातर्फको वर्ष प्रशिक्षकको अवार्ड भने नेदरल्याण्डकी सरीना वेगमेनले प्राप्त गरिन् । सन ह्युङ मिनले पुस्कार अवार्ड प्राप्त गरे । टोटेनहमका फरवार्डले वर्नलीविरुद्ध गरेको गोलले उनलाई पुस्कास अवार्ड दिलायो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com