काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्कासन खुला गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा साढे १० लाख बढी लगानीकर्ताको आवेदन परेको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बिहीबार (आज) साँझसम्म १० लाख ५४ हजार ५ सय ४५ आवेदकबाट २ करोड ९१ लाख ३ हजार ३ सय कित्ताको सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धकले सिद्धार्थ क्यापिटलले जनाएको छ ।जनाएको छ । जुन कम्पनीले निष्कासन गरेको भन्दा ४/८ गुणा बढी हो ।
कम्पनीले मङ्सिर २९ गतेदेखि ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको थियो । ६० लाख कित्तामध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्ताका लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
धितोपत्रको निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार आवेदन दिने सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । १० कित्ता सबैलाई नपुग्ने अवस्थामा आवेदन दिएकाहरूलाई गोलाप्रथाबाट भाग लगाउनुपर्छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com