इंग्लीश प्रिमियर लिग फुटबलमा म्याचेस्टर युनाईटेडद्धारा शेफिल्ड युनाईटेड पराजित

३ पुष २०७७, शुक्रबार ०७:२९

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले शेफिल्ड युनाईटेडलाई ३-२ ले हराएको छ ।

शेफिल्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गरेभने एन्टोनियो मार्टियलले एक गोल गरे ।

पराजित टोली शेफिल्डका लागि डेभिड म्याक्गोल्डरिकले दुई गोल गरेका थिए । जितसँगै म्यान्चेस्टर युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

एक खेल बढी खेलेको लिभरपुल २८ अंकसहित शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको टोटनह्याम हट्सपरको २५ अंक छ । प्रिमियर लिग फुटबलमा गएराति बर्नले र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.