काठमाडौं, पुष ३ । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उपाधि जित्न सक्नु भएन । उत्कृष्ट तीनमै सीमित साहले यसैलाई पनि निकै ठूलो उपलब्धि मान्नुभएको छ ।
अन्तिमसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोमा उहाँ खुशी हुनुहुन्छ ।
प्रतियोगिताको प्रत्येक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जित्नुभएका साहले फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको बताउनुभयो ।
बेलायतका २५ वर्षीय एलेक्स वेबले उपाधि जित्नुभयो । बिहीबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित फाइनल प्रतियोगितामा सन्तोष र ३३ वर्षका बार्ट भान डेर लीलाई पछि पारेर एलेक्सले उपाधि जित्नुभएको हो ।
३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् । साहले ट्रफी हात लगाउनु मात्र जित होइन भन्दै आफूले निर्णायक र नेपालीको मन जितिसकेको प्रतिक्रिया दिनुभएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com