उच्च अदालतले सदर गर्यो रेशम चौधरीको जन्मकैद सजाय


काठमाडौं । उच्च अदालत दिपायलले रेशमलाल चौधरीको जन्मकैदको सजाय सदर गरेको छ । यसअघि जिल्ला अदालतले गरेको फैसला नै शुक्रबार उच्च अदालतले सदर गरेको हो । 

टिकापुर घटनामा मुछिएका  रेशमलाल सहित ७ जनाको फैसला सदर भएको हो । उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर र सिताराम मण्डलको संयुक्त इजलाशले जिल्ला अदालत कैलालीको फैसला सदर गरेको हो । 

उच्चले जिल्लाको फैसला सदर गर्दै भनेको छ, “मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं। को कसुरमा सोही महलको १३, (३) जन्मकैद हुने र सो महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहयाई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेकै देखिदा सदर हुने ठहर छ।”

०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । सो विरुद्ध उनी पुनरावेदन गएका थिए । जनतका समाजवादी पार्टीका सांसद समेत रहेका चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope