ऋषिराम जमरकट्टेलको “मनका डिलहरु” बजारमा

४ पुष २०७७, शनिबार १५:५५

कृपा भण्डारी
पोखरा, चैत्र ४
ब्यवसायी तथा लेखक ऋषिराम जमरकट्टेलको “मनका डिलहरु” बजारमा आएको छ । म्युजिक नेपालले एल्बम मनका डिलहरुलाई चैत्र ३ गते शुक्रबार सार्वजनिक गरेको हो ।

गयक प्रमोद खरेलको स्वरमा रहेको यस गितमा लय तथा शब्द सर्जक ऋषिराम जमरकटट्ेलको रहेको छ भने संगितकार अर्जुन पोखरेलको संगित रहेको छ । “मनका डिलहरु”एल्वममा कला र कलाकारितालाई देशले उचित सम्मान र ठाउँ दिन नसकेपछि एउटा कलाकारमा आउने नैराश्यता एवं जीवनमा आउने धेरै कठिनाई ,उतारचढावलाई जिवन्त रुपमा उतार्न खोजिएको छ ।


गितमा महेश गोदार ,सरिता दनकुटी र सौरभ गदालको मुख्य भूमिका रहेको छ । यस्तै यस म्युजिक भिडियोमा डा.प्रकाश भट्टराईलाई अतिथि कलाकारका रुपमा देख्न सकिन्छ । यस भिडियोको अधिकाँश छायाँकन पोखरा महानगरपालिकाका वडाहरु शिशुवा र तालचोकमा गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.