प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुगेका छन् ।

पार्टीभित्रको विवाद संकटपूर्ण अवस्थामा रहेको बेलामा प्रधानमन्त्री ओली प्रचण्डसँग छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

पार्टीमा पछिल्लो केही महिना देखिएको गम्भीर अन्तरविरोधका कारण संकटमा पर्दै गएका ओली प्रचण्डलाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण ढंगले विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री ओली आफुले गरेका कतिपय निर्णयका कारण आलोचित बन्दै गएका छन् भने पार्टीमा समेत एकलौटी गर्न खोजेको भन्दै प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेताहरु एकजुट भएपछि संकटमा पुगेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि ओली अध्यक्ष प्रचण्ड निवास गएका थिएनन् । ओलीले प्रचण्डलाई भेट्नु पर्यो भने आफ्नो निवास बालुवाटारमा नै बोलाउने गर्थे ।

कोरोना भाइरसको महामारी सुरु भएपछि त ओली बालुवाटारबाट खासै बाहिर निस्कने गरेका थिएनन । यसअघि पार्टी सचिवालयमा अल्पमतमा परेपछि वामदेव गौतमलाई फकाउन उनी गौतम निवास भैंसेपाटी पुगेका थिए ।

हिजो शुक्रबार पनि ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै १ घण्टा भेटवार्ता भएको थियो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्न स्थायी कमिटी बैठकले दिएको निर्देशन फिर्ता नगरेपछि प्रचण्डले ओलीसँग गम्भीर असन्तुष्टि जनाउँदै पुनः संसदको विशेष अधिवेशन आह्वनका लागि राष्ट्रपति कार्यालय पुग्ने चेतावनी दिएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope