थ्री कमको निशुल्क तालिमसँगै रोजगारको ग्यारेण्टी

४ पुष २०७७, शनिबार १५:१५


कठमाण्डौँ,पुस ४ ।
मोबाइल,ल्यापटप र हार्ड डिस्क रिपेयरिङमा ख्याती कमाउदै गएको थ्रीकम केयरले निशुल्क तालिम दिने भएको छ ।

देशमा बढ्दो बेरोजगारी र युवा पलायनलाई रोक्न थ्रीकमले १५ जनालाई निशुल्क तालिम दिने कम्पनीका सिइओ विपिन जैसवालले जानकारी दिनुभयो । “तालिम मात्रै हैन हामी रोजगारको ग्यारेण्टी पनि दिन्छौ“ जैसवालले भन्नुभयो ।

तलिममा मोवाइल, ल्यापटप सम्बन्धी सबै समस्याको समाधानमा प्राविधिक ज्ञान दिइने थ्रिकमले जनाएको छ । काठमाण्डौको पिपुल्स प्लाजामा रहेको थ्रीकम कम्पनीले विगत ७ बर्षदेखि ग्राहकको मन जित्दै आएको छ । कम्पनीले पसलमा आउन नभ्याउने ग्राहकहरुको लागि सामानहरू फ्रि पिकअप र फ्रि डेलिभरीको सुविधा पनि प्रदान गर्दै आएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.