काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै उनीहरुले आज राजीनामा घोषण गरेका हुन् ।
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् ।
राजीनामा दिने मन्त्रीहरुमा
- कृषि मन्त्री घनश्याम भुषाल
- पर्यटन मन्त्री योगेश भटराई
- उर्जामन्त्री वर्षमान पुन,
- वन मन्त्री शक्ति बस्नेत,
- शिक्षामन्त्री गिरिराजमणि पोखरेल,
- श्रममन्त्री रामेश्वर राय यादव
- खानेपानी मन्त्री विना मगर
प्रधानमन्त्री ओलीले आजै संसद विघटनको सिफारिस गरेका थिए भने त्यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन् । सरकारको यो कदमविरुद्ध अहिले देशभर विरोध प्रर्दशन भईरहेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com