प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपाको निर्णय, पुष ७ गते केन्द्रीय कमिटी बैठक


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अनुशासन उल्लंघन गरेको अभियोग लगाउँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीले पार्टी निर्णय उल्लंघन गरेको ठहर गरेको छ ।

बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको प्रवक्ता श्रेष्ठले बताए । ओलीले संसद विघटन गरेर लोकतन्त्रलाई नै खतरामा पार्ने काम गरेकाले अनुशासनको कारवाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणजी श्रेष्ठले जानकारी दिए ।

बैठकले राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै त्यसलाई आपत्तिजनक ठहर गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटनको निर्णयलाई राजनीतिक रुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बैठकले निर्णय गरेको छ ।

स्थायी कमिटीले पुष ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको छ ।

आजको बैठकमा ओली र उनी निकट नेताहरु अनुपस्थित भएका थिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope