काठमाडौं । फुटको नजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली हिजो दिनभरी सहमति जुटाउने प्रयासमा भेटघाट र परामर्शमा ब्यस्त हुनुभयो ।
सहमतिका लागि ओलीले पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य नेताहरुसँगको भेटघाटलाई तीव्र बनाउनु भएको थियो । प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि प्रचण्डले सो प्रस्ताव अस्विकार गनुर्भएको थियो ।
ओली र प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना देखिएको छैन् । कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिनुभएको थियो ।
अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com