संसद विघटन बदनियतपूर्ण र निन्दनीय: नेपाली कांग्रेस

५ पुष २०७७, आईतवार २०:४९

काठमाडाैं । सरकारले संसद विघटन गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ ।

आइतबार बसेको काँग्रेस पदाधिकारी बैठकले संसद विघटन लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ ।

काँग्रेस बैठकले सरकारबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम भएको निस्कर्ष निकालेको छ ।

काँग्रेसले यस घटनालाई नेकपा सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको नेता रमेश लेखकले बताए ।

गत आम निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि बताएको छ । सरकारले जनताबाट प्राप्त अभिमतको अपमान गरेको पनि काँग्रेसले ठहर गरेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.