काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको तथ्य बाहिर आएको छ ।
संसद सचिवालयका अनुसार दर्ता नम्बर १ रहेको सो प्रस्तावमा ९० सांसदले हस्ताक्षर गरेका छन्। सो पत्र राष्ट्रपतिले संसद विघटन गर्नुभन्दा अगाडि नै संसद सचिवालयमा दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीले संसद विघटन गर्ने निर्णय सुनाए लगत्तै नेकपाका सांसदहरुले संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले बताए।
संसदको कुल सदस्यसंख्याका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com