काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी जनता समाजवादी पार्टीबीच दुई बुँदे सहमति भएको छ ।
सरकारले संसदको हिउँदे अधिवेशन नबोलाएको अवस्थाले दुई पार्टीबीच तत्काल संसद बैठक बोलाउन सरकारसँग माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको जसपा नेता केशव झाले जानकारी दिनुभयो ।
शनिबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको दुई पार्टीको बैठकले सत्तारुढ दलमा भइरहेको विवाद र सरकारमा सहभागिताका विषयमा पनि छलफल भएको जसपा स्रोतले बतायो । आफूहरू ओली र प्रचण्ड दुवै पक्षसँग निरन्तर संवादमा रहेकाले संभावित दुर्घटना र त्यसपश्चात् बन्ने परिदृश्यको विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेस स्रोतले पनि जसपासँग भएको संवादमा सरकारमा सहभागीता हुनुपरे कुन हैसियतमा जाने भन्ने विषयमा छलफल भएको स्वीकार गरेको छ । ‘समग्र विषयमा छलफल हुँदा त्यो छुट्ने विषय होइन’, स्रोतले भन्यो ।
बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र डाक्टर मिनेन्द्र रिजाल र जसपाका अध्यक्ष महन्थ ठाकुर नेताहरु डाक्टर बाबुराम भट्टराई र राजेन्द्र महतो भेटमा सहभागी थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com