आइतबार नेकपा स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो एक बजेका लागि केन्द्रिय कमिटीको बैठक आह्वान गरेको थियो । स्थायी कमिटीले ओलीले संसद विघटनको असंवैधानिक कदम चालेको भन्दै कारवाहीको सिफारीस गर्दै मंगलबार १ बजेका लागि केन्द्रिय कमिटीको बैठक डाकेको थियो । तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले मंगलबार बिहानका लागि केन्द्रिय कमिटीको बैठक डाकेका छन् ।
मंगलबार बिहान ९ बजे बालुबाटारमा बस्ने बैठकले आगामी गतिरोध कसरी चिर्ने र आगामी रणनीतिका विषयमा छलफल हुने नेता महेश बस्नेतले जानकारी दिएका छन् । तर पूर्प माओवादी निकट नेताहरुले भने यसलाई हतासको निर्णका रुपमा ब्याख्या गरेका छन् । जे होस मंगलबारको दुई केन्द्रिय समितिको बैठक कसरी सञ्चालन हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com