संसद विघटन पछि पूर्व माओवादीका दुई मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्ट प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन् । माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भूषाल र योगेश भट्टराई सहित पूर्व माओवादीका ५ जना मन्त्रीले राजीनामा गरेपनि थापा र भट्ट भने सरकारमा नै छन् ।
यस्तो अवस्थामा यि दुई नेताको आगामी कदमको विषयलाई लिएर चर्चा भइरहेका समयमा मन्त्री भट्टले भने प्रचण्ड सरकार गिराउने खेलमा लिप्त भएका कारण प्रचण्डलाई साथ दिन नसकिएको जनाएका छन् । भट्ट प्रधानमन्त्री ओलीले आयोजना गरेको उनी निकट सांसदको बैठमा सहभागि भएका थिए ।
तर सधै मौन जस्तै बनिरहने बादलले भने अझै स्पष्ट निर्णय गर्न सकेका छैनन् । ओली र प्रचण्ड दुवैले आयोजना गरेको छलफलमा सहभागी नभएका बादलले भने आफ्नै गुठसंग छलफल गरेका छन् । उनलाई केपी ओलीले संसद विघटनजस्तो प्रतिगामी कदम चालेको भन्दै उनको साथ छोड्न सुझाव दिएका छन् ।
नेताहरु पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य लगायतका नेताहरुले ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै कित्ता क्लियर गर्न सुझाव दिएका हुन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com