एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई हराएको छ ।
गएराति भएको खेलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई उसकै मैदानमा २-० गोल अन्तरले पराजित गरेको हो । टोटेनह्याम हट्सपरका टोबी एन्डेविरेल्ड आत्मघाती गोल गरेका थिए ।
जितसँगै लेस्टरसिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको २७ अंक छ भने पहिले स्थानमा रहेको लिभरपुल ३१ अंकसहित पहिलो स्थानमा छ । टोटेनह्याम हट्सपर भने २६ अंकसहित तालिकाका्े पाँचौ स्थानमा छन ।
यस्तै, प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स् युनाइटेडलाई फराकिलो अन्तरले हराएको छ । म्यानचेस्टर यनाइटेडले लिड्स युनाइटेडलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । जितपछि म्यानचेस्टर युनाइटेड २६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । लिड्स भने १७ अंक जोडेर १४ औं स्थानमा छ ।
यस्तै राति नै भएका अरु खेलमा एस्टोन भिल्लाले वेस्ट ब्रोमलाई ३-० गोल अन्तरले पराजित गरेको छ भने ब्राइटन र सेफिल्ड युनाइेडले एकरएक गोलको बराबरी खेलेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com