काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभा विघटन गरेपछि नेपाली राजनीति पुन अनिश्चितको चंगोलमा फसेको छ ।
गुट उपगुट भएको नेकपामा पक्ष विपक्षीका आरोप प्रत्यारोप हुन थालेका छन् । प्रधानमन्त्री ओलीले आगामी बैशाखका लागि चुनार्वी माहोल बनाउन लागि परेका छन् भने केही नेताहरु संसद पुर्नस्थापनाका लागि प्रयास पनि गरिरहेका छन् ।
नेकपा विभाजनको संघारमा पुग्दा शीर्ष नेताहरुले आफू निकटमा केन्द्रीय समिति बलियो बनाउन हर प्रयास थालेका छन् ।
हेर्नुहोस रुमलिएको नेकपाको राजनीतिः दिन भर के–के भयो (हेडलाईन अपडेट)
- ओली नेतृत्वको नेकपा निर्वाचन आयोगमा, केन्द्रीय कमिटी पुनर्गठनको जानकारी
- कार्की पार्टी प्यालेसमा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक
- ओली पक्षको बैठक सम्पन्न, भोलि सातै प्रदेशमा भेला
- ओली पक्षको निर्णय– महाधिवेशन २०७८ मंसिरमा, नेकपा ओली समुहको निर्णय : २०७८ मंसिरमा महाधिवेशन, पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली
- नेकपा प्रवक्ताबाट नारायणकाजी हटाएर प्रदीप ज्ञवाली बनाउने ओली पक्षको निर्णय
- बालुवाटारमा नेकपाका नयाँ सदस्यको शपथग्रहण
- ओलीले बोलाएको बैठकमा बादल अनुपस्थित, प्रचण्डलाई दिए ‘ग्रीन सिग्नल’
- ओलीले भने– हामी पार्टी फुटाउँदैनौं, कसैलाई कारबाही पनि गर्दैनौं, ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु, प्रचण्ड–नेपाललाई कारवाही गर्दै, केन्द्रीय कमिटीमा बहुमत पु-याउने प्रयास
- ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा
- ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी
- खुमलटारमा प्रचण्ड–माधव पक्षको सचिवालय बैठक
- प्रधानमन्त्रीनिवास र पार्टी प्यालेसमा बैठक, नेकपा पार्टी कार्यालयमा ताला
- काठमाडौं उपत्यकामा बढाइयो सुरक्षा सतर्कता
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com