काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समुह निकट केन्द्रीय सदस्यहरुको बैठकमा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओलीले ११९ जना पछि थप गर्ने गरी महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका हुन । साविकको ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई ११९९ पुर्याएर ओलीले त्यहाँ आफु निकट नेताहरुलाई थपेका छन् ।
बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले पार्टी नफुटाउने जनाएका छन् । उनले कुनै पनि नेतालाई कारवाही गर्ने जनाउँदै महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहेको बताए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com