जसपाले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने

७ पुष २०७७, मंगलवार २१:०१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले प्रतिनिधि सभा विघटनको विरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको ठहर गर्दै बैठकले विनिन्न संघर्षका कार्यक्रम घोषणा गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने बताउनुभयो । उहाँले अन्य दलहरूसँगको छलफलपछि बाँकी कार्यक्रम तय गरिने जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.