गृहमन्त्री भेट्न प्रचण्ड पुल्चोकमा, बादलले प्रधानमन्त्रीलाई नै समर्थन गर्ने सम्भावना कायमै

७ पुष २०७७, मंगलवार १०:५४

काठमाडाैं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापालाई भेट्न अहिले पुल्चोक पुगेका छन्। नेकपाको सचिवालयका सदस्य समेत रहेका थापा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुवैको समुहमा सहभागी छैनन् ।

कार्यकाी अध्यक्ष प्रचण्ड सोमबार पनि थापालाई भेटन उनकै निवास पुल्चोक पुगेका थिए । आज पनि उनी बिहानै थापा भेट्न पुगेका हुन् ।

गृहमन्त्री थापाले सोमबार बिहान आफु निकट नेताहरुसंग छलफल गरेका थिए । त्यसपछि उनि उद्योगमन्त्री लेखराज भट्टलाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

नेकपा औपचारिक रूपमा विभाजन हुन लागेका बेला नेता थापा भने न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली न कार्यकारी अध्यक्ष प्रचण्ड, कतै पनि खुलेका छैनन्। तर, थापा अन्तिममा प्रधानमन्त्री ओलीतिरै नै लाग्ने तयारी रहेको निकट स्रोत बताउंछ ।

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि थापा सोमबार दुवै अध्यक्षले राखेका भेलामा सहभागी भएनन्। थापालाई पुर्व माओवादीका स्थायी समिति सदस्यहरु भट्टसहित टोपबहादुर रायामाझी,हरिवोल गजुरेल र मणी थापाले साथ दिएका छन् । उनि निकट स्थायी समिति सदस्यहरु पम्फा भुषाल र देव गुरुंग भने प्रचण्डसंगै छन् । थापासंग ३३ केन्द्रिय सदस्य छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.