काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आइतबार मन्त्रिपरषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बोलाइएको छ । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको प्रतिनिधि सभा विघटन सम्बन्धी असंवैधानिक कदमको कडा प्रतिवाद गर्ने कांग्रेसको तयारी छ ।
सरकारले अधिनायवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट संवैधानिक व्यवस्था प्रतिकुल प्रतिनिधिसभा विघटन गरेको कांग्रेसले यसअघि नै बताएको छ ।
बैठकमा लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्याउने विषयमा केन्द्रित भएर छलफल हुने नेताहरुले बताएका छन् । सोमबारको सर्वदलीय बैठक अनुसार सरकारविरुद्धको संघर्षका कार्यक्रम समेत तय गर्ने कांग्रेसको तयारी छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com