ओली र कमल थापाको साँठगाँठ


‍‍‍काठमाडौं, पुस ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेकाे विराेधमा नेविसंघले आज काठमाडौंको रत्नपार्कमा विराेध सभा गरेको छ । 

सभालाई संवोधन गर्दै नेपाली कांग्रेसक युवा नेता कुन्दनराज काफ्लेले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर संसद विघटन गरी संविधानको मर्म र भावनालाई कुल्चिएको बताउनुभयो । ओलीले संविधानलाई च्यातेर, गणतन्त्रको घाँटी निमोठ्ने प्रयास गरेको काफ्लेको आरोप छ । 

ओलीले संसद  विघटन गरेर चुनाव घोषणा गरेकोमा सारा नेपालीले विरोध गरेको तर राप्रपाका अध्यक्ष कमल थापाले त्यसलाई स्वागत गरेकाे प्रशंग निकाल्दै काफ्लेले यसले ओली र थापाबिच साँठगाँठ रहेको पुष्टि भएको बताउनुभयो । 

‘पहिलादेखि नै गणातन्त्र विरोधी थापा र बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओलीको कुरा मिलेको छ’, उहाँले भन्नुभयो, ‘यसलेे यी गणतन्त्रविरोधी एउतै कित्तामा उभिएको रओलीको कदम गणतन्त्र विरोधी रहेको पुष्टि हुन्छ ।’  प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदम सच्याउन सारा नेपाली एक हुनुको बिकल्प नरहेको उहाँले बताउनुभयो ।

ओलीले गराउने भनेको चुनाव शाही शासनमा ज्ञानेन्द्र शाहले गराएको चुनावजस्तै हुने उहाँले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope