घाम ताप्दा हुने फाइदा र बेफाइदा के-के हुन ?

८ पुष २०७७, बुधबार १२:४२

काठमाडाैं । घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ ।

घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ ।

घामले शरीरलाई पुर्‍याउने फाइदा

  • सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
  • बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ ।
  • चिसोबाट लाग्ने रोगबाट बचाउँछ ।
  • सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ ।
  • घामले रगत जम्नबाट बचाउँछ ।

घामबाट हुन सक्ने असर

  • छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ ।
  • अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ ।
  • जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ ।
  • छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ ।
  • लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.