काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको छ ।
बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, लिलामणी पोखरेल, मुक्ति प्रधान सहितको टोलीले आयोगमा गई २९० जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको हो ।
यसअघि मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू पनि निर्वाचन आयोगमा बुझाएको छ । आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको नेता पाण्डेले बताए ।
बुधबार बसेको प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com