काेराेना अपडेटः ७४३ कोरोना संक्रमित थपिए, पाँचजनाको मृत्यु

८ पुष २०७७, बुधबार १७:२१

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । 

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एकहजार ८ सय ३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएकामध्ये  ७ सय ४३ जनाको नतिजा पोजेटिभ आएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ५२ जना निको भएका छन् । यो सँगै देशमा कोभिड संक्रमितको संख्या  २ लाख ५५ हजार  ९ सय ७९ पुगेको छ ।  हालसम्म क्वारेन्टिनमा ४ सय ९ जना छन् भने ७ हजार ५सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.