प्रतिपक्ष नेपाली कांग्रेसले पुस १६ गते सरकारविरुद्ध प्रदर्शन गर्ने

८ पुष २०७७, बुधबार १७:४०

काठमाडौं । नेपाली कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ ।

मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले धारणा राखेका छन् । बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका थिए ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.