संसदीय दलको नेता चुनिएपछि प्रचण्डले भने : अब ओली सरकार चाँडो भन्दा चाँडो बिदा गर्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको संसदीयदलको नेतामा अध्यक्ष प्रचण्ड चयन भएका छन् ।
बुधबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संसदीयदलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । मंगलबार अध्यक्ष चुनिएका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चुनिएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
नेकपाको संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट हटाएको ती सांसदले बताए ।
नेकपाको नेपाल प्रचण्ड पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्ष पदबाट पनि ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।
नेकपाको मौजुदा ४४७ मध्ये ३१५ जना केन्द्रीय समिति सदस्य उपस्थित रहेको सो बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएका थिए ।
मंगलबार ओलीलाई पार्टी अध्यक्ष पदबाट हटाएका प्रचण्ड–नेपाल पक्षले आज बुधबार संसदीय दलबाट पनि हटाउने निर्णय गरेको हो।
ओली पक्षले भने प्रचण्ड–नेपाल पक्षले गरेका निर्णयलाई अस्विकार गर्दै सो समूह माथि असंवैधानिकको आरोप लगाउँदै आएको छ ।।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस