नेकपा प्रचण्ड समूहको संसदीय दलको बैठक बस्दै, दलको नेतामा प्रचण्डलाई चयन गर्ने तयारी

८ पुष २०७७, बुधबार ११:२४

काठमाडौं । विभाजित नेकपाको माधव प्रचण्ड समूहले संसदीय दलको बैठक आह्वान गरेको छ ।

आज मध्यान्ह १ बजेका लागि संसदीयदलको बैठक बोलाईएको एक नेताले बताएका छन् ।

बैठकले संसदीय दलको नेता चयन गर्ने एजेण्डा तय गरेको ती नेताले जानकारी दिए । मंगलबार बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

आज बस्ने संसदीय दलको बैठकले संसदीयदलको नेताबाट पनि ओलीलाई हटाई अध्यक्ष प्रचण्डलाई  दलको नेता चयन गर्ने पार्टीको उच्च श्रोतले जनाएको छ ।

उता नेकपा ओली समूह उपलब्ध अल्पमत साबिक नेकपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिको बिस्तार गर्नुका साथै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई चयन गरेको थियो । प्रचण्ड माधव समूहसँग प्रतिनिधिसभा र राष्ट्रियसभामा गरि ११४ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.