ओली समूहको सातै प्रदेशको प्रशिक्षण भेला काठमाडौमा

८ पुष २०७७, बुधबार २१:४९

काठमाडौं । केपी शर्मा ओलीले नेतृत्व गरेका नेकपाले ७ वटै प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण भेला गरेको छ ।

काठमाडौको बिभिन्न स्थानमा आयोजना गरिएको प्रशिक्षण भेलामा ओली नेतृत्वको नेकपाका नेताहरुले सम्बोधन गरेका छन् । प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तिसपुतली, प्रदेश २ को अनामनगरस्थित एक इन्जिनियरिङ कलेजमा, बागमती प्रदेशको रोयल पार्टी प्यालेस तीनकुने, लुम्बिनी प्रदेशको इन्द्रेणी ब्याङ्केट नयाँ बानेश्वर, गण्डकी प्रदेशको सहकारी बोर्डको अफिस पुल्चोक, कर्णाली प्रदेशको एसियन पार्टी प्यालेस सुकेधारा र सूदुरपश्चिम प्रदेशको कार्निभल रेष्टुरेन्टमा आयोजना गरिएको छ ।

ओली समूहको प्रदेश १ को भेलामा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि तथा र डा. शिवमाया तुम्बाहाङ्फेले सम्बोधन गरेका छन् भने प्रदेश २ को भेलामा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले सम्बाधेन गरिरहेका छन् ।

बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पदमा अर्याल, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि तथा र गोमा देवकोटाले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।

कर्णाली प्रदेशको भेला शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले सम्बोधन गरेका छन् । कतिपय प्रदेशको भेला सकिएको छ भने केहि प्रदेशको भेला अहिले पनि जारी छ । भेलामा राजधानीमा उपलब्ध ओली समूहका नेता तथा कार्यकर्ता सहभागी गराईएको छ । मंगलबार मात्रै ११९९ सदस्सीय महाधिवेशन आयोजक कमिटी गठन गरेको यो समूहले आज बुधबार सातै प्रदेशको भेला राखेको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.