शहिद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि

९ पुष २०७७, बिहीबार २०:२९

काठमाडाैं । शहिद स्मारक ‘सी’ डिभिजन फुटबल लिग चैत १ गतेदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबार क्लबका पदाधिकारीलाई बोलाएर चैत १ गतेदेखि सी डिभिजनका खेल सुरु हुने जानकारी गराएको छ ।

गएको वर्ष रोकिएको लिग यो वर्ष सुरु गर्न आफूहरु पनि तयार रहेको क्लबका पदाधिकारीले बताएका छन् । तयारीको लागि एन्फाले हरेक क्लबलाई नौ लाख रुपैयाँका दरले रकम दिनेछ ।

फिफा र एएफसीले जारी गरेका मापदण्ड अपनाएर खेल सञ्चालन हुने एन्फाले जनाएको छ । कोरोनाका कारण गएको वर्ष रोकिएका खेल सञ्चालन गर्न धमाधम तयारी थालेको एन्फाले बुधबार (हिजो) मात्रै फागुन ११ गतेदेखि बी डिभिजन लिग सुरु गर्ने घोषणा गरेको थियो ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.