काठमाडौं । पार्टी विभाजनसंगै नेकपाको दाहाल र नेपाल समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर आधिकारीकताको लागि निर्वाचन आयोग पुगेको छ ।
बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको निर्णय लिएर बुधबार दाहाल–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले मंगलबार बसेको केन्द्रीय कमिटीको निर्णय र बहुमत केन्द्रीय कमिटीका सदस्यको हस्ताक्षर लिएर आयोग पुगेको जानकारी दिनुभयो ।
निर्वाचन आयोगमा नेकपाको ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । केन्द्रीय कमिटीको झण्डै ६६ प्रतिशत सदस्यहरूको हस्ताक्षर आफूहरूसंग रहेको दाहाल–नेपाल पक्षको दावी छ ।
नेकपाका ओली र दाहाल–नेपाल दुवै समूहले छुट्टाछुट्टै बैठक राखेर आ–आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आफ्नो समूहलाई आधिकारीक भएको बताउँदै आएका छन् ।
हिजो बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले मौजुदा केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थप गरेर महाधिवेशन आयोजक समिति बनाएको छ ।
ओली समूहले विस्तारित केन्द्रीय कमिटीको नामसहितको विवरण हिजो नै निर्वाचन आयोगलाई बुझाइसकेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com