१४ गते देशव्यापी प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा

९ पुष २०७७, बिहीबार १५:३१

नारायणकाजीको नेतृत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति, यस्ता भए अन्य निर्णयहरू

काठमाडाैं । नेकपा केन्द्रीय समितिकाे बैठक सम्पन्न भएकाे छ । बिहीबार बसेकाे बैठक केन्द्रीय समतिका निर्णयहरू यस्ता भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । काठमाण्डौमा शुक्रबारदेखि केही न केही प्रदर्शन र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहका नेताहरूले बताएका छन् ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको हो ।

निर्णयहरू

  1. १० गते ९:३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर निर्बाचन आयोगमा जाने । दिउसो २:०० बजे पत्रकार सम्मेलन ।
  2. १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने । -१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
  3. १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने । -१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
  4. २० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
  5. २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
  6. काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
  7. क. नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.