बल्खु पुगेर प्रचण्डले भने- सच्चा कम्युनिस्टहरुको एकता आवश्यक छ


काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु नेकपाको पुरानो कार्यालय बल्खु पुगेका छन् ।

उक्त समहुको केन्द्रीय समिति बैठक सकिने वित्तिकै त्यहा पुगेका प्रचण्डसहितका नेताहरुले स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन् । प्रचण्ड, नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल र अमृत बोहोरा पनि बल्खु पुगेका थिए ।

प्रचण्डले देशभरी सच्चा कम्युनिस्टहरुको एकता आवश्यक रहेको सन्देश दिन बल्खु पुगेको बताएका छन् । कम्युनिस्टहरुको एकताको ऐतिहासिक आवश्यक्ताबारे प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पहिलाको पार्टी कार्यालयमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न आएको उनले बताए ।

केन्द्रीय समितिको दोस्रो बैठकबाट बल्खुमा कम्युनिस्टहरुको भाव झल्किने भवन निर्माण गर्ने निर्णयको स्मरण गर्न पनि आफु बल्खु आएको प्रचण्डले बताउँदै संसद विघटन सफल हुन नदिने प्रतिवद्धतासमेत जनाए ।

त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले नेकपाको मुल धार आफुहरुले नेतृत्व गरेको बताए । उनले विगतमा कमीकमजोरीलाई स्वीकार गर्दै आन्दोलनको यात्रमा आउन आग्रहसमेत गरेका छन् ।

संविधानको भावना र मर्मविपरित संसद विघटन गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको उनको भनाई छ । उनले उक्त कदम आफुहरुले कुनै हालतमा स्वीकार नगर्ने बताए । नेता नेपालले संसद विघटन गर्ने काम राजाको जस्तै प्रतिगामी भएकाले त्यसकाविरुद्ध सिंगो देश र देशवासीले विरोध गर्नुपर्ने बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope