एजेन्सी । बेलायतले देशमा हालै देखा परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको छ ।
बेलायतको स्वास्थ्य मन्त्री मैट हैनकाकले दक्षिण अफ्रिकाको भ्रमणबाट बेलायत फर्केका दुई बेलायती नागरिकबाट यो भाइरस फैलिएको जानकारी दिंदै दक्षिण अफ्रिाकाबाट बेलायतमा फैलिएको दाबी गर्नुभएको हो ।
नयाँ भेरिएन्टबाट संक्रमित व्यक्तिमाथि गरिएको अनुसन्धानमा दक्षिण अफ्रिकाबाट हालै बेलायत फर्केका दुई व्यक्तिबाट यो भाइरस फैलिएको पुष्टि भएको स्वास्थ्यमन्त्री हैनकाकको भनाइ छ ।
यो पुष्टि सँगै आफ्ना नागरिकलाई दक्षिण अफ्रिाकाको भ्रमणमा बेलायत सरकारले रोक लगाएको छ ।
यसैबीच दक्षिण अफ्रिाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइलले पनि आफना देशका स्वस्थ नागरिकहरु बिरामी पर्न थालेकोले यसको अध्ययन भइरहेको जानकारी दिनुभएको छ ।
अध्ययन अनुसन्धानमा जुटेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले नयाँ भेरिएन्ट तेज गतिमा फैलिरहेको र यसले दक्षिण अफ्रिकी मुलुकहरु पुरै प्रभावित हुने आँकलन गरेको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com