२४ घण्टामा ६०८ जना संक्रमित, ९ को मृत्यु

१० पुष २०७७, शुक्रबार २१:२८

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ६ सय ८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

क्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना भाईर संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । यस्तै २४ घण्टामा ८९२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको २ लाख ४८ हजार २९२ संख्या पुगेको मन्त्रालयले जनाएको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ९२ छ ।

२४ घण्टामा जम्मा ४ हजार १४२ पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १९ लाख ३९२ परीक्षणहरु गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.