काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।
हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । तराई र पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।
आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागको मोसममा आंशिक बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश नं १ को मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com