काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दलसम्बन्धी विवादको छिनोफानो समयअगावै हुने जनाएको छ ।
निर्वाचन आयोग पुगेका नेकपा प्रचण्ड–नेपाल पक्षीय नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रचलित कानूनको अधिनमा रही समयमै विवादको टुंगो लगाउने बताएका हुन् ।
प्रमुख आयुक्त थपलियाले प्रचलित कानून र सर्वोच्च अदालतका नजिरको आधारमा वैधानिकताको निरुपण हुने जनाए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु आधिकारिक नेकपा भएको दाबी पेश गर्दै नाम र चुनाव चिन्ह आफुहरुलाई दिन माग गरेका थिए ।
प्रचण्डले नेकपाको आधिकारिक केन्द्रीय कमिटीका ३१५ जना सदस्यहरु आयोगमा सशरीर उपस्थित भएको जनाउँदै आफुहरु नै वैधानिक भएको दाबी गरे । प्रचण्डले यसअघि नै केन्द्रीय सदस्यहरुको माइन्युट र निर्णय कपि आयोगमा बुझाइसकेको बताउँदै त्यहाँ पनि २९६ जना सदस्यहरुको हस्ताक्षर भएको जनाए ।
अध्यक्ष प्रचण्डले २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको केन्द्रीय कमिटी सदस्यहरुको नामावली पनि निर्वाचन आयोगमा रहेको स्मरण गराए । उनले आयोगले आधिकारिकता, चुनावचिन्ह आफुहरुलाई प्रदान गर्ने विश्वास व्यक्त गरे ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com