हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्न थालेको छ ।

बागमती प्रदेशमा प्रधानमन्त्री ओली निकट मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रचण्ड–नेपाल पक्षीय सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

आज कार्यालय समय खुल्ने वित्तिकै पौडेल विरुद्ध असन्तुष्ट रहेका सांसदहरुले १ नम्वरमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

यससँगै पौडेल मन्त्रिपरिषदका ३ जना मन्त्रीले राजीनामा समेत दिएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.