पुस १९ भित्र प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न आदेश

१० पुष २०७७, शुक्रबार १५:०१

काठमाडाैं, पुस १० । सर्बाेच्च अदालले प्रधानमन्त्री केपी शर्मा अाेलीले विघटन गरेकाे प्रतिनिधि सभाकाे बारेमा शुक्रबार कारण देखाउ अादेश जारी गरेकाे छ ।

संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी भएको छ । इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल बार र सर्वोच्च बार एशोसिएसनबाट एमिकस क्युरी माग्ने आदेशसमेत दिइएको छ । अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने आदेश समेत दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षताको इजलासमा हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी न्यायाधीश सदस्य छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.