को को बन्दैछन् मन्त्री ? थपिनेमा दुई तिहाई पूर्व माओवादी र केही पूर्व एमाले

१० पुष २०७७, शुक्रबार १८:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ८ जना नयाँ अनुहार थपेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् ।

बिस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादीतर्फका धेरैलाई समेट्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह,मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् ।

त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकको नाममा छलफल भएको छ । उनीहरुको टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.