काठमाडौं । संसद विघटनको कदमलाई प्रतिगमनको संज्ञा दिँदै नागरिक अगुवाहरुले विरुद्ध बृहत नागरिक आन्दोलन सुरु गरेका छन् ।
नागरिक अगुवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा सडक नाटकसहित सांकेतिक प्रर्दशन गरेका छन्। आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै ओली कदमको चौतर्फी विराध सुरु भएको छ ।
माइतीघरमा भएको प्रदर्शनमा बोल्दै पत्रकार तथा नागरिक अगुवा नारायण वाग्लेले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले गणतन्त्र धरापमा परेको बताए । उनले सर्वोभमसत्रा संसदमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई संकट पर्दा संसदबाट समाधान खोज्नु पर्ने बताए । उनले भ्यास्सिनको खोजी गर्ने बेला आन्दोलनमा आउन बाध्य पारिनु गलत भएको बताए ।
नागरिक अगुवा तथा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व प्रवक्ता मोहना अन्सारीले संविधानलाई प्रयोग गरेर अगाडी बढ्नु पर्नेमा पछाडी फर्कने प्रयास भएको बताईन् । संबिधानले सबै समस्याको समाधान खोज्ने थलो हुंदाहुंदै त्यस्तो गलोलाई विघटन गरिएको अन्सारीको भनाई छ ।
माइतीघरमा भेला भएका नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटन गर्ने निर्णय संघीयता, समावेशितालगायतका उपलब्धिका लागि समेत खतरा बनेको औल्याएका थिए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com