पछिल्लो २४ घण्टामा थपिए ५०० कोरोना संक्रमित, ३ जनाको मृत्यु

११ पुष २०७७, शनिबार १७:१४

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार थपिनेमा २१३ महिला र २८७ पुरुष रहेका छन् ।

यस्तै पछिललो २४ घण्टामा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७०० जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४९ हजार १३२ जना पुगेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.